प्रशासन शाखा
सामान्य प्रशासन तथा कर्मचारी प्रशासन कर्मचारी प्रशासन भनेको परम्परागत अवधारणा हो । आधुनिक रूपमा यसलाई मानव स्रोत व्यवस्थापन पनि भनिन्छ । सङ्गठनलाई आवश्यक पर्ने कर्मचारीको प्राप्ति विकास सम्भार र उपयोग गर्ने कार्यलाई नै वास्तवमा कर्मचारी प्रशासन भनिन्छ । यस केन्द्रको इल्ः प्रव्रिmयामा रहेको र इल्ः नहुँदा सम्मको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वीकृत करार दरबन्दी र कर्मचारी भर्ना नियमावली २०७३ बमोजिम कर्मचारीको व्यवस्थापन हुदैँ आइरहेको छ । यस केन्द्रमा हाल ७७ जना करार कर्मचारी कार्यरत रहेका छन् भने ३ जना स्थायी कर्मचारी तथा अन्य नेपाल सरकारका छात्रवृतिका कर्मचारीहरु कार्यरत छन् । यस विभागद्वारा केन्द्रलाई आवश्यक पर्ने कर्मचारीको प्राप्ति विकास सम्भार र उपयोग गर्ने कार्य गरिन्छ । कर्मचारीको भर्ना गर्ने निश्चित तलब दिने तथा व्यवस्थापकको आदेश र निर्देशन बमोजिम कार्य गर्ने गरिएको छ । च्ष्नजत mबल ष्ल चष्नजत उबिअभ को व्यवस्थापन गर्नु नै यस शाखाको मुख्य उद्देश्य रहेको छ ।
आर्थिक प्रशासन शाखा
केन्द्रीय सरकारको मातहतमा रहेको जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, (केन्द्रीय अस्पताल तथा प्रतिष्ठान) स्वास्थ्य ऐन र नियमावलीका आधारमा सञ्चालित रहेको संस्था हो । यस केन्द्रको आर्थिक प्रशासनमा दुई कर्मचारी कार्यरत छन् । एक स्थायी कर्मचारी लेखा अधिकृत र एक जना करार सेवा अन्तर्गतको सहायक लेखामा कार्यरत छन् । यस केन्द्रको सम्पूर्ण कारोबारहरु (विकास समितिको समेत) ऋन्ब्क् बाट नै हुँदै आइरहेको छ । यस केन्द्रको आर्थिक कारोबार आ.ले.प. र म.ले.प. बाट लेखापरीक्षण हुने व्यवस्था छ ।
रिसेप्सन
यस केन्द्रको मुख्य विभागमध्ये एक महत्वपूर्ण विभागका रूपमा रिसेप्सनलाई मानिन्छ साथै सेवा प्रदान गर्दा बिरामीको सिधा सम्पर्क हुने पहिलो विभाग रहेको छ । यस विभागमा सेवा सञ्चालन गर्न ६ जना कर्मचारी कार्यरत छन् । नेपाल सरकारले प्रदान गरेको स्वास्थ्य बिमा कार्ड मार्फत यस विभागमा धेरै बिरामी स्वास्थ्य उपचार गर्न टिकट लिन आउने गर्दछन् । यस विभागमा दैनिक करिब १०० देखि २०० सम्म बिरामी आउने गर्दछन् । कर्मचारी इमानदार भएर काम–काजमा चौबीसै घण्टा बिरामीको सेवामा समर्पित छन् । ख्ष्कष्तयच ले लिन चाहेको जानकारी यसै विभागबाट दिने गर्दछाँै । ओ.पि.डी. टिकट लिने समय आइतबार देखि बिहीबार, बिहान ६ः०० बजेदेखि दिनको १ः०० बजेसम्म र शुक्रबार, बिहान ६ः०० बजेदेखि दिनको १२ः०० बजेसम्म रहेको छ र ओ.पी.डी. समय आइतबार देखि बिहीबार, बिहान ९ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म र शुक्रबार, बिहान ९ः०० बजेदेखि दिनको २ः०० बजेसम्म रहेको छ । यस शाखामा द्यष्ििष्लन तथा टिकटका सम्पूर्ण कारोबारहरु ःभमष्उचय क्यातधबचभ बाट व्यवस्थित हुँदै आइरहेको छ ।
स्टोर तथा मर्मत शाखा
यस केन्द्रले २०७३ सालदेखि सञ्चालनमा आई विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । यस केन्द्रमा विभिन्न मेसिन तथा औजार सञ्चालनमा छन् जसमध्ये एक्स–रे मेसिन, ऋच्, ग्क्न् तथा ीबद, क्ष्ऋग् तथा इत् मा प्रयोग हुने अत्याधुनिक मेसिन सञ्चालनमा आइरहेका छन् । स्टोर शाखाबाट यस अस्पताल सञ्चालन गर्न चाहिने आवश्यक सामग्रीहरु हरेक विभागबाट माग भए अनुसार माग फाराम बमोजिम सहज रूपमा उपलब्ध गराउनुका साथै आवश्यक मर्मत गर्नुपर्ने मेसिन तथा औजार मर्मत आदेश बमोजिम मर्मत गर्दै आइरहेका छौँ । अस्पताललाई चाहिने आवश्यक सामग्री खरिद इकाईको निर्णय बमोजिम सार्वजनिक खरिद ऐन र आर्थिक नियमावलीभित्र रही खरिद गर्ने गरेको छ । आवश्यकता अनुसार समय समयमा जिन्सी निरीक्षण गर्ने गरिन्छ । विगत २ वर्ष देखि यस केन्द्रमा जिन्सी तथा खरिदका सम्पूर्ण प्रव्रिmया एब्ःक् बाट नै संचालन हुँदै आइरहेको छ ।
स्वास्थ्य बिमा शाखा
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिम अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा स्वास्थ्य बिमा बोर्डद्वारा सुरुवात भएको हो । यस केन्द्रमा २०७४ साल साउन देखि स्वास्थ्य बिमा कार्यव्रmम लागु भएको छ ।
आकस्मिक विभाग
यस केन्द्रबाट आ.व. २०७५÷७६ देखि नै चौबीसै घण्टा ५ बेड आकस्मिक सेवा प्रदान हुँदै आइरहेको छ । आकस्मिक कक्ष थप व्यवस्थित गर्न हरेक बेडमा ऋबचमष्बअ ःयलष्तयच जडान गरिएको छ । यस कक्षमा ५ जना अहेव, ३ जना अनमी र ४ जना कार्यालय सहयोगी कार्यरत छन् भने मेडिकल अफिसर चौबीसै घण्टा उपलब्ध छन् । आ.व. ०७९÷०८० मा आकस्मिक विभागलाई स्तरोन्नति गरी १५ शैया पु¥याउने लक्ष्य राखिएको छ ।
बहिरङ्ग विभाग
यस केन्द्रबाट मिति २०७३ सालदेखि सञ्चालनमा आइरहेको र विभिन्न सेवा तथा सुविधा प्रदान गरिएको छ । जसमध्ये ओ.पी.डी.सेवाबाट दैनिक रूपमा सञ्चालन गरी बिरामीलाई सेवा दिँदै आइरहेका छौँ । यस विभागबाट विभिन्न प्रकारका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच हुने गर्दछ । यसरी आउने बिरामीमध्ये उच्च रक्तचाप, मधुमेह, श्वास प्रश्वास सम्बन्धी समस्या, सर्जरी र हाडजोर्नी तथा नशा रोग सम्बन्धी विभिन्न समस्याका बिरामी आउने गर्दछन् । ओ.पी.डी. सेवा सञ्चालन हुने समय आइतबारदेखि बिहीबारः बिहान ९ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म शुक्रबारः ९ः०० बजेदेखि दिनको २ः०० बजेसम्म । यस विभागबाट दैनिक बिरामी परीक्षणका साथै ई.सी.जी, भिडियो एक्स–रे सेवा र हरेक मंगलबार क्उष्चयmभतचथ सेवा उपलब्ध हुँदै आएको छ । यस आ.व. ०७९÷०८० मा ओ.पि.डि. सेवा नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
अन्तरङ्ग विभाग
यस केन्द्रद्वारा मिति २०७३ सालदेखि सञ्चालनमा आई विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । जसमध्ये सुरुवाती अवस्थामा १५ बेडबाट सञ्चालन भएको अन्तरङ्ग विभाग हालसम्म आइपुग्दा स्तरोन्नति भएर ५० बेडको भएको छ । यस विभागमा उपचारार्थ बिरामीको उपचार तथा सेवाका लागि ५ जना नर्सिङ अधिकृत, १४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगी खटाइएको छ । कोभिडको महामारीको समयमा यस विभागले छुट्टै ३० बेडको क्ष्कयबितष्यल वार्ड समेत संचालन गरेको थियो । यस विभागमा छुट्टै श्वासप्रश्वास रोग सम्बन्धी वार्ड समेत छिट्टै संचालनमा ल्याउने लक्ष्य राखेको छ ।
अपरेसन थिएटर विभाग
यस केन्द्रद्वारा मिति ०७८÷०७९ सालदेखि अपरेसन थिएटर सञ्चालनमा आई विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । आ.व. ०७९÷०८० सालदेखि मेजर अपरेसन हप्ताको सोमबार र बिहीबार को दिन र माइनर अपरेसन ०७८÷०७९ साल देखि दैनिक संचालनमा हुँदै आइरहेको छ ।
आई.सी.यु. विभाग
यस केन्द्रद्वारा आ.व. ०७९÷०८० सालदेखि आई.सी.यु. सेवा सञ्चालनमा आई विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । यस विभागमा १० आई.सी.यु. बेड भेन्टिलेटर सहित संचालनमा छन् ।
अस्पताल फार्मेसी
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ (रामशाहपथ) द्वारा निर्देशित अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार सरकारी अस्पताल फार्मेसीलाई निर्देशिका पालना गर्न निर्देशित दिएको हुनाले यो निर्देशिका बमोजिम २०७४–०३–०१ मा जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँले अस्पताल फार्मेसी सञ्चालनमा ल्याएको यस अस्पताल फार्मेसीलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रमुख कन्सल्टेन्ट श्रीमान् सुशीलनाथ प्याकुरेलले समुद्घाटन गर्नुभएको थियो । यस केन्द्रको अस्पताल फार्मेसीले नियमित चौबीसै घण्टा बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ । सेवा लिने बिरामीमध्ये ९० प्रतिशत नेपाल सरकारको स्वास्थ्य बिमा भएका र १० प्रतिशत स्वास्थ्य बिमा नभएका बिरामी नियमित सेवा लिइरहेका छन् । यस शाखामा खरिद तथा बिव्रmी व्यवस्थापन प्रव्रिmया ःभमष्उचय क्यातधबचभ मार्फत हुँदै आइरहेको छ ।
प्रयोगशाला
स्थापना कालदेखि नै प्रयोगशालाको सेवा दिँदै आइरहेको यस अस्पतालले आजका दिनसम्म ठूलो फड्को मारिसकेको छ । स्थापना कालमा सामान्य प्रयोगशालाबाट सेवा दिँदै आएको यस अस्पतालले अहिले बिरामीको चाप बढेसँगै अत्याधुनिक मेसिन जस्तै ँगििथ ब्गतयmबतभम द्यष्यअजझष्कतचथ, ऋयगतिभच, ल्ं पं ब्लबथिशभच द्धारा सेवा दिँदै आइरहेको र ल्याबबाट चौबीसै घण्टा सेवा प्रदान भइरहेको छ । यस आ.व. ०७९÷०८० मा ऋष्बि मेसिन जडान गरी थाइरोइड जस्ता अन्य ज्यचmयलभ हरुको परीक्षण शुरु गर्ने लक्ष्य राखिएको छ । यस शाखामा च्भउयचतष्लन को लागि ःभमष्उचय क्यातधबचभ प्रयोग गरिन्छ ।
रेडियोलोजी विभाग
यस केन्द्रबाट डिजिटल एक्स–रे सेवा चौबीसै घण्टा उपलब्घ छ । यस विभागमा ५०० एम.ए. को १ थान एक्स–रे मेसिन र १०० एम.ए. को एक थान र पोर्टेवल एक्स–रे मेसिन र ऋच् क्थकतझ छ । तीन जना रेडियोग्राफरद्वारा चौबीसै घण्टा सेवा प्रदान गर्दै आइरहेको छौँ ।