आज मिति २०८० चैत्र ७ गतेको दिन नेपाली राजनीतिको शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा आज यस अस्पतालको समितिका सदस्य श्री जनार्दन गौतम (सदस्य तथा प्रमुख जिल्ला अधिकारी ) ज्यु द्वारा दिप प्रज्वलन र फुलमाला अर्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।
साथै स्मृति दिवसको उपलक्ष्यमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको र निशुल्क स्वासप्रस्वास सम्बन्धि सेवा दिएको।