आइतबार, १७ गते , स्वास्थ्य सेवा विभाग, नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाको नेतृत्वको टिमले यस केन्द्रमा जी.पी.कोइराला लायन्स हेमोडायलसिस यूनिटको निरीक्षण गर्नु भयो । निरीक्षण पश्चात यस केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ विपन्न नागरीक औषधी उपचार कार्यक्रम अन्तर्गत नि:शुल्क डायलसिस सेवा संचालन गर्ने लक्ष्य राखेको छ ।


