मिति २०८१ चैत ७ गते नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस तनहुँको दुलेगौँडामा रहेको गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान उपचार केन्द्रमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा बोर्ड सदस्य श्री राम कुमार भण्डारी ज्यु, श्री पानबहादुर घर्ती ज्यु, श्री पदम प्रसाद दवाडी ज्यु, अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठ ज्यु तथा अस्पताल प्रशासनका कर्मचारी, डाक्टर र नर्सहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कोइरालाको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रमका वक्ताहरूले स्व. गिरिजाप्रसाद कोइरालाको नेपाली लोकतन्त्र, शान्ति प्रक्रिया, र समग्र राजनीतिको उत्थानमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको आत्माको चीर शान्तिका लागि प्रार्थना गरे।
स्मृति दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरियो भने नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि प्रदान गरिएको थियो।






