• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Baisakh 1- Kartik 15 & Magh 16 - Chaitra 30 (Sun - Fri : 9.00am - 05.00pm )
स्वास्थ्य कर कोषको स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरूको पाठेघरको मुखको क्यान्सर (VIA) Screening नि :शुल्क स्वास्थ्य शिविर कार्यक्रम

स्वास्थ्य कर कोषको स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरूको पाठेघरको मुखको क्यान्सर (VIA) Screening नि :शुल्क स्वास्थ्य शिविर कार्यक्रम

  • GP Koirala
  • January 16, 2025

मिति २०८१/०९/२९ गते यस अस्पतालमा आयोजित स्वास्थ्य कर कोषको स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरूको पाठेघरको मुखको क्यान्सर (VIA) Screening नि :शुल्क स्वास्थ्य शिविरमा २०८ जना महिलाको परीक्षण गरिएको छ। आयोजित उक्त शिविरमा संचालक समितिका सदस्यहरू श्री राम कुमार भण्डारी, श्री पान बहादुर घर्ति, श्री पदम प्रसाद दवाडी तथा यस अस्पतालका नि. कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठ र लेखा प्रमुख वाशुराज दाहाल उपस्थित हुनुभएको थियो। स्वास्थ्य शिविरको उद्घाटन यसै अस्पतालका संचालक समितिका सदस्य श्री राम कुमार भण्डारी ज्यूले गर्नुभयो। शिविरमा २८ जना कर्मचारीहरुले सहयोग गर्नुभएको थियो भने उक्त कार्यक्रमको नेतृत्व गाइनोकोलोजिस्ट डा. दिनेश शर्माले लिनुभएको थियो। डा. दिनेश शर्माका अनुसार चेकजाँच गरिएका मध्ये ८ जना महिलामा पाठेघर क्यान्सरको प्राथमिक जोखिम देखिएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको छ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455