• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Baisakh 1- Kartik 15 & Magh 16 - Chaitra 30 (Sun - Fri : 9.00am - 05.00pm )

  • GP Koirala
  • August 28, 2025

यस केन्द्रमा मिति २०८३।५।१० गते मंगलबारको दिन यस केन्द्रको अध्क्षय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव डा.केशर ढकालको अध्यक्षतामा र माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम गरी Electric Medical Record को औपचारिक उद्घाटन सम्पन्न गरियो । सो कार्यक्रममा गण्डकी प्रदेशका सांसद माननीय जित प्रकाश आले ज्यू, माननिय श्याम राजा महत ज्यू, WHO representative to Nepal Dr. Rajesh Sambhajirao Pandey, शुक्लागण्डकी न.पा.को नगरप्रमुख कृष्ण पण्डित, भिमाद न.पा.को अध्यक्ष ज्यू, म्याग्दे गा.पा., रिसिङ्ग गा.पा., घिरिङ गा.पा.को प्रमुख ज्यूहरु, तँनहु जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यू, वोर्ड सदस्य ज्यूहरु, शुक्लागण्डकी न.पा. का वडा अध्यक्ष ज्यूहरु लगायत पत्रकारहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिति थियो ।

WHO को प्राविधिक तथा आर्थिक सहयोग, आवश्यक पूर्वाधार तथा सामग्रीहरुको व्यवस्थापन पछि २०८२।२।१४ गते बाट EMR को ट्रायल शुरु गरिएको थियो । EMR मा PACS (Picture Archiving and Communication System) पनि शुरु गरिएको छ।

यस प्रणालीबाट विरामीको उपचारमा कम त्रुटी हुने, स्वास्थ्यकर्मीको समय कागजी काम भन्दा उपचारमा बढी केन्द्रित हुने नीति योजना र अनुसन्धानमा सहज पुग्ने अपेक्षा गरिएको छ । EMR लागु भएपछि यस केन्द्रबाट प्रदान हुने सेवाहरु थप प्रभावकारी हुने विश्वास लिइएको छ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455