• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
प्रशासन शाखा

प्रशासन शाखा

सामान्य प्रशासन तथा कर्मचारी प्रशासन भनेको परम्परागत अवधारणा हो । आधुनिक रूपमा यसलाई मानव स्रोत व्यवस्थापन पनि भनिन्छ । सङ्गठनलाई आवश्यक पर्ने कर्मचारीको प्राप्ति विकास सम्भार र उपयोग गर्ने कार्यलाई नै वास्तवमा कर्मचारी प्रशासन भनिन्छ । यस केन्द्रको ONM प्रकियामा रहेको र ONM नहुँदा सम्मको लागि स्वास्थ्य तथा जनसंख्या मंत्रालयबाट स्वीकृत करार दरबन्दी र कर्मचारी भर्ना नियमावली २०७३ बमोजिम कर्मचारीको व्यवस्थापन हुदैँ आइरहेको छ । यस केन्द्रमा हाल ७७ जना करार कर्मचारी कार्यरत रहेका छन् भने ३ जना स्थायी कर्मचारी तथा अन्य नेपाल सरकारका छात्रवृतिका कर्मचारीहरु कार्यरत छन् । यस विभागद्वारा केन्द्रलाई आवश्यक पर्ने कर्मचारीको प्राप्ति विकास सम्भार र उपयोग गर्ने कार्य गरिन्छ । कर्मचारीको भर्ना गर्ने, निश्चित तलब दिने तथा व्यवस्थापकको आदेश र निर्देशन बमोजिम कार्य गर्ने गरिएको छ । Right man in right place को व्यवस्थापन गर्नु नै यस शाखाको मुख्य उद्देश्य रहेको छ ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455